logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाखभन्दा बढीको क्षति

    1KShares
    भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाखभन्दा बढीको क्षति

    काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

    राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको उनले बताए ।

    त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट