काठमाडौं । राजावादीहरुको प्रदर्शनबाट भएको घटनालगायतका विषयबारे अनुसन्धानका लागि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ ।
अदालतले मिश्र र शमशेरसहित ११ जनालाई अनुसन्धानका म्याद थप गरेको हो । उनीहरुलाई शुक्रबारको प्रदर्शनका क्रममा भएका घटनाहरुमा उक्साएको तथा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि शुक्रबार राति नै पक्राउ गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया