काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किवासमा बिनयी खोलामा बानाइएको डाईभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ। विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात संचालन गरिँदै आएपनि शुक्रबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए ।
डाईभर्सन बगाएपछि यातायातका साधन पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । डाईभर्सन पुनः बनाउने प्रयास भइरहेको जिल्ला प्रहरीको भनाइ छ । विनयी खोलामाथिको पुल भासिएको ४ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाईभर्सन बनाएर यातायात संचालन गरिएको हो । वर्षा हुनासाथ डाईभर्सन बगाएर यातायात अवरुद्ध हुने गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया