logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पीएम कप क्रिकेट : गण्डकीले मधेशलाई ‘सुपर ओभर’ मा हरायाे

    964Shares
    पीएम कप क्रिकेट : गण्डकीले मधेशलाई ‘सुपर ओभर’ मा हरायाे

    काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकाे छ ।

    लुम्बिनीले दिएको २ सय २४ रनको लक्ष्य एपीएफले ४१ ओभर ५ बलमा ३ विकेट गुमाएर ४९ बलअघि भेटायो । एपीएफका पुरन विकले नटआउट ७२, कप्तान रोहित पौडेलले ७१ रन बनाए । लुम्बिनीका राजेन्द्र बमले ३ विकेट लिए ।

    यसअघि रुपन्देहीकाे एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २३ रन बनायो । लुम्बिनीका कप्तान देव खनालले ६३, मृनल गुरुङले ५५ रन बनाए । एपीएफका अमर रौटेला र अभिषेक गौतमले ३/३ विकेट लिए । योसँगै एपीएफले ८ खेलमा छैटौं जीत हात पारेको छ भने लुम्बिनीले ९ खेलमा ८ अङ्कसहित प्रतियोगिता सकाएको छ ।

    यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई ‘सुपर ओभर’ मा हरायो । सुपर ओभरमा गण्डकीले दिएको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रनमात्र बनाउन सक्यो ।

    यसअघि मधेशले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको गण्डकी ४९ ओभर ५ बलमा २ सय ४६ रनमा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले शतक बनाए । मधेशका विशाल पटेलले ४ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो । मधेशका रोहन विकेले ६४ तथा हरिशंकर शाह र रुपेश सिंहले समान ५१ रन बनाए । गण्डकीका विपिन खत्री र कमल परियारले २/२ विकेट लिए ।

    योसँगै गण्डकीले ९ खेलमा ४ अङ्कसहित जोडेर प्रतियोगिता सकाएको छ भने मधेशले ७ खेलमा पाँचौं हार बेहोरेको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट