logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • स्वर्णलक्ष्मी सहकारी प्रकरण: पाटन उच्च आदालत गएर रविले पुनरावेदन दिँदै

    1KShares
    स्वर्णलक्ष्मी सहकारी प्रकरण: पाटन उच्च आदालत गएर रविले पुनरावेदन दिँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने भएका छन् । उनी आज बिहान ११ बजे पाटन उच्च आदालतमा गएर पुनरावेदन दिने स्रोतले बतायो ।

    स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो कार्यमा संलग्न भएको आरोपमा मुछिएका लामिछानेलाई अदालतले ६० लाख धरौटीमा रिहा गर्न गत माघ २ गते आदेश दिएको थियो ।

    लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले पनि त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ चैत्र ८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट