logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

    904Shares
    अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

    वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उहाँले जेलेन्स्कीसँग फोन वार्ता गर्नुभएको हो । उहाँहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी भएको र कुराकानी सकारात्मक भएको बीबीसीले जनाएको छ ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको र युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरु अघि बढीरहेको उल्लेख गर्नुभएको छ ।

    यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अमेरिकी सहयोगमार्फत यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्मले रूसी नियन्त्रणमा रहेको जापोरिजिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वको बारेमा छलफल गर्नुभएको थियो ।

    जेलेन्स्कीले पनि युरोपको सबैभन्दा ठूलो पावर प्लान्ट फेरि सञ्चालनमा आउन दुई वर्ष भन्दा बढी समय लाग्न सक्ने र यो युक्रेनी र युरोपेलीहरूका लागि महत्त्वपूर्ण रहेको स्वीकार गर्नुभएको छ । यस्तै उहाँले रुससँगको आंशिक युद्धविराम सम्झौताका लागि प्रक्रिया अघि बढाउन सहमति गर्ने तर रुसले युद्धविरामका शर्तहरू उल्लङ्घन गरेमा युक्रेनले बदला लिने चेतावनी दिनुभएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ चैत्र ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट