logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • पिएम कप क्रिकेटमा आज बागमती र गण्डकी तथा कर्णाली र कोशी भिड्दै

    1.1KShares
    पिएम कप क्रिकेटमा आज बागमती र गण्डकी तथा कर्णाली र कोशी भिड्दै

    काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदैछन् । आज बागमती र गण्डकी प्रदेश, कर्णाली र कोशी प्रदेश भिड्न लागेका हुन्। दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

    बागमती र गण्डकीको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र कोशीको खेल भैरहवामा हुनेछ। पाँच खेलसम्म अपराजित नेपाल पुलिस क्लब र आर्मी समान १० अंकसहित रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्।
    पाँचमा एक खेल गुमाएको लुम्बिनीले आठ अंकसहित तेस्रो स्थानमा छ भने दुई खेल गुमाएको एपिएफ क्लब ६ अंकसहित चौथो स्थानमा छ।

    गण्डकी, मधेश, कर्णाली, बागमती, सुदूरपश्चिम, कोशी समान दुई अंकसहित तालिकामा संघर्ष गरिराखेका छन्। सुदूरपश्चिम र कोशीले पाँच खेल खेलिसकेका छन् भने गण्डकी, मधेश, कर्णाली र सुदूरपश्चिमले चारचार खेल खेल्दा एउटा मात्र जित निकालेका छन्।



    फास्ट न्युज    
  • २०८१ चैत्र ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट