logo

२०८३ भाद्र ७ आईतवार

logo
  • २०८३ भाद्र ७ आईतवार
  • त्रिवि उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गर्नेमध्ये एकजना पक्राउ

    1.1KShares
    त्रिवि उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गर्नेमध्ये एकजना पक्राउ

    काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, रेक्टरको कार्यालय तोडफोडमा संलग्न एक व्यक्तिलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ । काठमाडौंका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार पक्राउ पर्ने व्यक्ति दिक्पाल कार्की हुन् ।

    नेविसंघ नेता कार्की शिक्षा क्याम्पस सानोठिमीका स्ववियु सचिव पनि हुन् । गत जेठ १४ मा उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा नेविसंघका कार्यकर्ताले तोडफोडसँगै तालाबन्दी गरेका थिए ।

    स्नातक तह प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने त्रिविको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा फारम खुलाइएको थियो । तर, नेविसंघका कार्यकर्ताले यतिबेला आएर विद्यार्थीको भर्ना लिन दबाब दिँदै आएका छन् ।

    शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै अघि बढ्ने भीसी र रेक्टरको अडानपछि उनीहरूले आक्रमण गरेका थिए । तोडफोड र तालाबन्दीमा शंकरदेव, भक्तपुरलगायतका १९ वटा क्याम्पसका नेविसंघका कार्यकर्ता सलंग्न थिए । स्ववियू निर्वाचनपश्चात भर्ना हुन पाउने विद्यार्थीको अधिकार पहिलेदेखि नै चलिआएको उनीहरूको जिकिर छ ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट