logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना

    925Shares
    आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना

    काठमाण्डौ । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । आज बेलुका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट