logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • रारा तालको एउटा होटेलमा आगलागी हुँदा होटेलसहित चार घर नष्ट

    934Shares
    रारा तालको एउटा होटेलमा आगलागी हुँदा होटेलसहित चार घर नष्ट

    मुगु । मुगुको रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएको छ । आगोले काठै काठको संरचनाले बनेका भवनमा क्षति पुर्‍याएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो निभाएका छन् ।

    आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट शुरू भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्‍याएको हो ।

    प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट