logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • खोटाङको हलेसी बजारमा भीषण आगलागी

    958Shares
    खोटाङको हलेसी बजारमा भीषण आगलागी

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ।आइतबार साँझ हलेसी बजारमा रहेको एक हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको थियो ।

    स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रण बाहिर गएको वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।  पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट सुरु भएको आगो निरन्तर फैलिएको थियो । आगलागीबाट तीनवटा घर जलेर नष्ट भएका छन् ।

    पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय पदम कार्कीले बताउनुभयो । राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ । नजिकै रहेका प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटलमा पनि आगलागी भएको छ ।

    आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासी लागि परेका थिए । जिल्लाबाट तीनैवटै सुरक्षा निकायबाट पनि आगो नियन्त्रणमा परिचालन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईलगायत जनप्रतिनिधि आगलागी स्थलमा पुगेका थिए । पानीको ट्यांकरहरु, जेसिबीहरु घटना स्थलमा पुगेकाले आगो थप नफैलिएको बुझिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार