logo

२०८३ श्रावण ६ बुधबार

logo
  • २०८३ श्रावण ६ बुधबार
  • ‘वीपीले कांग्रेसलाई दुई तिहाइ दिलाए, गगनले कांग्रेसलाई १८ सिटमा झारेर रास्वपालाई दुई तिहाई’ : दुर्लभ थापा

    790Shares
    ‘वीपीले कांग्रेसलाई दुई तिहाइ दिलाए, गगनले कांग्रेसलाई १८ सिटमा झारेर रास्वपालाई दुई तिहाई’ : दुर्लभ थापा

    काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टी महामन्त्री गगन थापामाथि विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसलाई कमजोर बनाएको आरोप लगाएका छन्। उनले गगन थापाको नेतृत्व र राजनीतिक शैलीका कारण कांग्रेस कमजोर बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलियो भएको दाबी गरे।
    वीपी स्मृति दिवसका अवसरमा काठमाडौंको कमलादीमा सानेपा इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वीपी) कोइरालाले विशेष महाधिवेशनमार्फत पार्टीलाई सुदृढ बनाउँदै दुई तिहाइको अवस्थामा पुर्‍याएको स्मरण गरे। त्यसको विपरीत गगन थापाले गरेको विशेष महाधिवेशनले कांग्रेसलाई १८ सिटमा सीमित बनाउँदै रास्वपालाई राजनीतिक रूपमा फाइदा पुर्‍याएको उनको आरोप थियो।
    “वीपीले विशेष महाधिवेशन गरेर कांग्रेसलाई दुई तिहाइ दिलाउनुभयो, तर गगन थापाले विशेष महाधिवेशन गरेर आफ्नै पार्टीलाई १८ सिटमा खुम्च्याउँदै रास्वपालाई दुई तिहाइ दिलाउनुभयो,” भन्दै थापाले गगन थापाको रणनीतिले कांग्रेसलाई कमजोर बनाएको टिप्पणी गरे।
    थापाले विशेष महाधिवेशन पार्टी निर्माणका लागि नभई “कुनै विशेष शक्तिको इसारामा” गरिएको दाबीसमेत गरे। उनले देउवा पक्षका करिब ७५ प्रतिशत केन्द्रीय कार्यसमिति सदस्य आफूहरूको पक्षमा रहेको दाबी गर्दै जालझेल र बाह्य प्रभावमा बनेको वर्तमान केन्द्रीय समितिलाई स्वीकार गर्न नसकिने चेतावनी दिए।
    पार्टीलाई यसको मौलिक विचार, विधान र संगठनात्मक प्रक्रियामा फर्काउन संघर्ष जारी रहने उल्लेख गर्दै थापाले आवश्यक परे पार्टी कार्यालय कब्जा गर्नसमेत तयार रहन कार्यकर्तालाई आह्वान गरे।
    यसक्रममा उनले गगन थापामाथि सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक परिचालन गरेर पार्टीका वरिष्ठ नेताविरुद्ध गालीगलौज गराउने गरेको आरोप पनि लगाए। “अनेक थरिका साइबर स्याल खडा गरेर नेताहरूलाई आमाचकारी गाली गर्न लगाइएको छ,” भन्दै उनले फेसबुकमा सक्रिय त्यस्ता व्यक्तिहरूको राजनीतिक हैसियत कुखुरा चोरको अभियोग लागेका ठेट्ना र गाउतह भन्दा माथि नउठेका अराजकहरु रहेको दावी गरे।
    सामाजिक सञ्जालमा हुने प्रचार र आलोचनाबाट दंग नपर्न गगन थापालाई सुझाव दिँदै थापाले कांग्रेसभित्र वैचारिक राजनीति, संगठन र विधिको पक्षमा संघर्ष जारी रहने बताए



    फास्ट न्युज    
  • २०८३ श्रावण ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट