logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • नसर्ने रोगको निःशुल्क परीक्षण अभियानमा सहभागी हुन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    1KShares
    नसर्ने रोगको निःशुल्क परीक्षण अभियानमा सहभागी हुन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूविरुद्ध आज शुरू भएको निःशुल्क स्क्रिनिङ अर्थात् परीक्षण अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।नेपालमा हुने मृत्युको झन्डै तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यो दर घटाउन परीक्षण कार्यक्रममा सहभागी भई अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पाैडेलले आग्रह गर्नुभएको हो । जलवायु परिवर्तन तथा बढ्दो शहरीकरणका कारण मानव स्वास्थ्यमा थप जटिलता थपिएको उहाँको भनाइ छ ।

    यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित अभियानका रूपमा पालिकाबाट स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको भन्दै उहाँले निरोधात्मक विधिबाट नागरिकलाई रोगबाट जोगाउने उद्देश्यले कार्यक्रम शुरू गरेको बताउनुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि अभियान शुरू भएको हो । नेपालभित्र बसोवास गर्ने ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक पालिकाका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोग एवम् शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी रोकथाम तथा व्यवस्थापन गर्ने अभियानको लक्ष्य छ ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट