logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन

    1.1KShares
    प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन

    काठमाण्डौ । प्रधानमन्त्रीको कार्यालयले नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो । टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत राजधानी काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको यो सडक स्तरोन्नतिका क्रममा नागरिकले सास्ती खेप्दै आएका छन् ।

    एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको टोलीमा रहेका प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्टले जानकारी दिनुभयो ।झण्डै ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज)मा छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन रहेको छ ।

    पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रोमा ४३ दशमलव ५४ र तेस्रोमा ३८ दशमलव ८६ किलोमिटर रहेको आयोजना कार्यालयले जनाएको छ । पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गएको जेठ २७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा म्याद नाघेको आठ महिना भइसकेको छ । अहिलेसम्म ६५ प्रतिशत काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताउनुभयो । यो खण्डको स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

    दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्ड २०८२ जेठ २७ भित्र सम्पन्न गर्नेगरी २०७९ वैशाख १४ गते पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँलागतमा ठेक्का सम्झौता भएको हो । यो खण्डअन्तर्गत २८ प्रतिशत मात्र काम भएको छ भने निर्माणको म्याद थप गरी २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो प्याकेज मलेखु–मुग्लिन खण्डको चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा निर्माण गर्नेगरी २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म २३ प्रतिशत मात्र काम भएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट