logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    967Shares
    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ५१ पैसा र बिक्री दर १३९ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७९ पैसा र बिक्रीदर १५९ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपियाँ २९ पैसा र बिक्रीदर १८६ रुपियाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ १९ पैसा र बिक्रीदर १६९ रुपियाँ ९३ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३७ पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ४८ पैसा र बिक्रीदर १०० रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १२ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ आठ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २५ पैसा र बिक्रीदर ३२ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २९ पैसा र बिक्रीदर २१ रुपियाँ ३८ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७ रुपियाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ छ पैसा र बिक्रीदर ४५४ रुपियाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ११ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ३० पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ असार १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट