logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • घरमा आगलागी हुँदा डाेल्पामा वृद्धाकाे ज्यान गयाे

    883Shares
    घरमा आगलागी हुँदा डाेल्पामा वृद्धाकाे ज्यान गयाे

    डाेल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ४ ईल गाउँमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । घरमा आगलागी हुँदा ७५ वर्षीया बादी सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ ।

    वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक सार्कीका छोरी र ज्वाइँ खेतमा गएका बेला घरमा आगलागी भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट