काठमाडौँ : एन्फा महिला लिगको शनिबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे।
विभागीय टोलीबीचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन। दोस्रो हाफ भने रोमाञ्चक बन्यो। ६० औं मिनेटमा अनिताको फ्रि-किकमा निशा थोकरको गोलमा एपिएफले अग्रता लियो। तर यो अग्रता ६९ औं मिनेटमा नै तोडियो।
विमला चौधरीको कर्नरमा क्लियर हुन नसकेको बलमा विमला थापाले गोल गरिन् तर खेलको ८३ औं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई पुन अघि बढाइन्। ८५ औँ मिनेटमा प्रितीले आकर्षक गोल गरिन्। यो जितसँगै १२ अंक बनाएको एपीएफ शीर्षस्थानमा थप मजबुत भएको छ। अपराजित यात्रालाई कायमै राख्न पनि एपीएफ सफल भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया