काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी किन नबढेको भन्दै सरकारसंग प्रश्न गरेका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (बिहिबार) सिंहदरबारमा बसेको बैठकमा सहभागि प्रतिनिधिसभाका सदस्य समेत रहेका आजपा अध्यक्ष साहले निजगढ अन्र्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले गरिरहेको आलटाल र ढिलासुस्ती प्रति तिखो प्रश्न गरेका छन् ।
समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेले मन्त्रालयको आ.ब.२०८१÷८२को कार्यक्रम तथा हालसम्मको प्रगतिको बारेमा विवरण पेश गर्दै सो बिषयमा भएको छलफलमा आजपा अध्यक्ष साहले प्रश्नैप्रश्न उठाएका छन् । मन्त्री पाण्डेले पेश गरेको विवरणमा निजगढ बिमानस्थल निर्माणको प्रगति शुन्य देखाएपछि आक्रोशित साहले सरकारको चरित्रको बारेमा प्रश्न समेत उठाए ।
‘के सरकार असफल र असक्षम भएको हो ? ढिलासुस्ती र आलटाल किन ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा शुन्य प्रगितले सरकार असफल र असक्षम भएको सावित भयो,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले एउटा विमानस्थल बनाउँन सक्दैन् । प्रगित शुन्य छ भने सरकार सफल भएको र केही गर्ला, आर्थिक सुधार हुन्छ भन्ने कुरा सर्वसधारणले कसरी मान्नुपर्ने ?’
नेपाल एयरलाईन्समा घाटैघाटै भएको र जथाभावि भाडा बढाएकोमा सरकारको उनले आलोचना गरे । जथाभावि भाडा किन नियन्त्रण नगरेको भन्दै उनले प्रश्न उठाए । यस्तै बिभिन्न गैरसरकारी प्रतिष्ठानलाई मन्त्रालयले दिने अनुदान रकमको उपयोगिताको बारेमा समेत उनले प्रश्न उठाएका छन् ।
यसैगरी आजपा अध्यक्ष साहले धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको रुपमा रहेको र प्रत्येक पाँच बर्षमा लाग्ने बिश्वप्रसिद्ध बाराको गढीमाई मेला, जनकपुरको विवाह पञ्चमीमा पर्यटन मन्त्रालयले के कति बजेट छुटयाएको र के के काम गरेको बारेमा समेत प्रश्न उठाएका छन् । मन्त्रालयले वेवास्ता गर्दा गढीमाई, जनकपुरको बिकास योगदान नगरेकोमा उनले आक्रोश व्यक्त गरे ।
पुरातात्विक सम्पदाको पर्यटन मन्त्रालयले संरक्षण नगरेको जथाभावि उत्खनन गर्दै छोड्ने काम गरिरहेको बताउँदै उनले सिम्रौनगढ, मौलापुरको पतौरा, लुम्बिनीमा केही ठाउँमा खन्ने र छोड्ने गरेको प्रति उनले प्रश्न उठाए । पतौराकोे पुरातात्विक संरचना गुप्तकालिन भएको तर मन्त्रालयले संरक्षण गर्नमा हेलच्क्राई किन गरेको भन्दै उनले प्रश्न उठाएका छन् । यसैगरी पर्यटन मन्त्रालयले तय गरेको १०० पर्यटकीय गन्तव्यको बिकास प्रक्रिया कहाँ पुग्यो र के काम भईरहेको छ भन्ने बारेमा समेत साहले प्रश्न उठाएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया