logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

    925Shares
    जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

    काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । कोशी प्रदेशको संखुवासभा जिल्ला र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।

    जसअनुसार ईन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति पुनर्गठन भएको छ । त्यसैगरी सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।

    भदौ महिनादेखि सुरु गरिएको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत जसपा नेपालले पार्टी संगठन गठन, पुनर्गठन गर्ने कार्य गरिरहेको छ ।

    मङ्सिर मसान्तसम्म सञ्चालन हुने भनि निर्धारण गरिएको अभियानको समयावधि थप हुन सक्ने पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट