logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको : नारायणकाजी श्रेष्ठ

    895Shares
    सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको : नारायणकाजी श्रेष्ठ

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन् ।

    शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएपनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन्। प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले बताए।

    “यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो । हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेशहरू धमाधम जारी गर्ने काम भयो । यो अधिवेशन बोलाउनुअगाडि जारी गरियो । र, अहिले त्यो अध्यादेश प्रस्तुत हुँदै छ । विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो सरकारले । त्यसप्रति म दुःख प्रकट गर्दछु । सरकारको अध्यादेशबाट शासन गर्ने यो प्रवृत्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु,” उनले भने ।

    उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे । छिटो सिफारिस समिति गठन गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित समितिलाई पूर्णता दिन उनले माग गरे । हिमालयन टेली भ्वाइसबाट ।



    फास्ट न्युज    
  • २०८१ माघ १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट