logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • बेत्रावतीको एउटा घरमा २४ शव, खोजी जारी

    829Shares
    बेत्रावतीको एउटा घरमा २४ शव, खोजी जारी

    काठमाडौँ । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा घरभित्रबाट २४ वटा शव फेला परेका छन्।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सोमबार उक्त घरबाट २४ वटा शव फेला परेका हुन्। घरभित्र थप शव हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको उनले बताए।

    ‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरूको पनि खोजी भइरहेको छ। आजसम्म कति शव भेटिए भन्ने यकिन विवरण आउँछ,’ एसपी रेग्मीले भने।

    उनका अनुसार उक्त घर कसको हो र एउटै घरमा ठूलो संख्यामा शव फेला पर्नुको कारणबारे अनुसन्धान भइरहेको छ। घर होटल वा गेस्ट हाउसजस्तो देखिए पनि त्यसबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ।

    ‘घर कसको हो भन्ने अहिलेसम्म खुलेको छैन। वडाध्यक्षसँग पनि सम्पर्क हुन सकेको छैन। घर होटल वा गेस्ट हाउसजस्तो देखिन्छ, तर यकिन भएको छैन। हामी पुष्टि गर्ने प्रयासमा छौँ,’ रेग्मीले भने।

    भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी र त्यसपछिको विपद्का कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने अझै धेरै मानिस सम्पर्कविहीन छन्।



    फास्ट न्युज    
  • २०८३ भाद्र १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट