logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • सर्वोच्च अदालतद्वारा कार्यविधिसहित गोला प्रणालीबाट पेसी व्यवस्थापन सुरु

    1.1KShares
    सर्वोच्च अदालतद्वारा कार्यविधिसहित गोला प्रणालीबाट पेसी व्यवस्थापन सुरु

    काठमाडौं । सर्वोच्च अदालतले कार्यविधिसहित गोला प्रणालीबाट पेसी व्यवस्थापन सुरु गरेको छ । सर्वोच्चको प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन थालिएको गोला प्रणालीलाई थप व्यवस्थित बनाउँदै अघि बढेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जानकारी दिए ।

    उनले सर्वोच्चको कार्यप्रक्रिया पारदर्शी बनाउने, छिटो न्याय दिने व्यवस्था मिलाउने र न्यायालयप्रति नागरिकको आस्था, विश्वास र भरोसा बढाउने लक्ष्यका साथ काम भइरहेको बताए । चालु आर्थिक वर्षभित्र आठ वर्ष नाघेका मुद्दा शून्यमा झार्ने लक्ष्य रहेको पनि उनले बताए । उनका अनुसार, आठ वर्ष नाघेका मुद्दा सर्वोच्चमा १५४ वटा छन् ।

    “०८२ सालको असार मसान्त (यो आर्थिक वर्ष) सम्म आठ वर्ष पुराना मुद्दाहरू शून्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फर्स्योट भइरहेको छ,” प्रधानन्यायाधीश राउतले भने, “अभियान फाँटअन्तर्गतका मुद्दा कानुन व्ययवसायी वा मुद्दाका पक्षहरूबाट स्थगित गर्न नपाइने व्यवस्था मिलाएका छौँ ।”

    सर्वोच्चको मुद्दा फैसला दर इतिहासमै उच्च रहेको बताउँदै उनले पुराना मुद्दा फर्स्योट दर बढाएर नागरिकमा ढिलो न्याय पाइन्छ भन्ने मान्यता घटाउँदै लैजाने पनि बताए । सर्वोच्च अदालत नियमावली २०७४ को १६४ को अधिकार प्रयोग गर्दै कार्यविधि निर्माण गरी जारी गरेको नियमावलीको प्रस्तावनामा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट