logo

२०८३ आश्विन १७ शनिबार

logo
  • २०८३ आश्विन १७ शनिबार
  • मंसिर २८ लाई तोकियो पत्रकार महासंघको निर्वाचन, कार्यतालिका सार्वजनिक

    1.1KShares
    मंसिर २८ लाई तोकियो पत्रकार महासंघको निर्वाचन, कार्यतालिका सार्वजनिक

    काठमाडौं- नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने तालिका छ।

    प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध गरिएको छ। पत्रकार महासंघको निर्वाचन मिति पटक पटक तोकिए पनि हुन सकेको छैन। सदस्यता विवादका कारण निर्वाचन हुन नसकेको हो। निर्वाचन गराउन नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिइसकेका छन्।

     

    ← Back

    Thank you for your response. ✨

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट