logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • चितवनमा मकुना हात्ती मारिएको प्रकरणमा छानबिन समिति गठन

    973Shares
    चितवनमा मकुना हात्ती मारिएको प्रकरणमा छानबिन समिति गठन

    काठमाण्डौ – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती मकुना मारिएको प्रकरणमा छानबिन समिति गठन गरेको छ । वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

    छानबिन समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एक, एक जना प्रतिनिधि तथा चितवनका एक जना पशु चिकित्सक सदस्य रहने छन् ।

    चितवन राष्ट्रिय निकुञ्जका अनुसार अस्ति बुधवार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुना मरेको हो ।

     



    फास्ट न्युज    
  • २०८१ माघ २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट