logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै

    कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै

    312
    SHARES
    कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै

    काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेको छ । पाँचवटा वडाको मतगणना सकिँदा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेका हुन् । सुरुआतदेखि नै अग्रता लिएका उनले ५७२ को मतान्तरमा अघि छन् ।



    डंगोलले २९३० मत ल्याएर अग्रता लिइरहँदा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले २३५८ मतसहित पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले २१०१ मतसहित कांग्रेस र एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

    चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १११३ मत पाएका छन्। यसैगरी, स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत ल्याएका छन् । कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५ को ११ हजार ३४९ मतगणना भएको हो भने अब पाँचवटा वडाको मतगणना गर्न बाँकी छ ।


    फास्ट न्युज
  • सोमबार, १७ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट