logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजारभन्दा धेरै पर्यटक भित्रिए

    1.1KShares
    नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजारभन्दा धेरै पर्यटक भित्रिए

    काठमाण्डाै। हिजो सकिएको नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा पाँच दशमलव चार प्रतिशत अर्थात् झन्डै ६ हजार जनाले धेरै हो ।

    नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार नौ सय सय १५ जना पर्यटक आएका छन् । गएको वर्षको नोभेम्बरमा भन्दा यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । नेपालमा बारम्बार भइरहेका गाडी दुर्घटनाको असर भारतबाट आउने पर्यटकको सङ्ख्याले देखाएको बोर्डले जनाएको छ ।

    समग्रमा दक्षिण एशियाबाट एकै महिनामा ३१ हजार एक सय ६७ जना पर्यटक आएका छन् । यस्तै चीनबाट नौ हजार चार सय ५८ सहित एशियाका देशबाट २४ हजार आठ सय ९७ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

    यस्तै युरोपमध्ये सबैभन्दा धेरै बेलायतबाट ६ हजार ६ सय ११, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ जना पर्यटक आएका छन् । युरोपबाट समग्रमा २६ हजार एक सय ५५ जना पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पोहोरको नोभेम्बरको तुलनामा यो वर्षको नोभेम्बरमा युरोपबाट नेपाल आउने पर्यटक १५ दशमलव प्रतिशतले बढेका छन् ।

    न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पाँच हजार तीन सय जना आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट एक हजार नौ सय ८४ जना पर्यटक आएका छन् । मध्यपूर्वका देशबाट १४ सय र अरू देशबाट १२ हजार पाँच सय जना पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार