logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठविरुद्ध प्रकाशित सामग्री हटाउन दुई सञ्चारमाध्यमलाई आदेश

    1.1KShares
    धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठविरुद्ध प्रकाशित सामग्री हटाउन दुई सञ्चारमाध्यमलाई आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध प्रकाशित गरिएका सामग्री हटाउन दुई सञ्चारमाध्यमलाई आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले बिजमान्डु प्रालि र नेपाल खबर प्रालिलाई सो आदेश गरेको हो ।

    ती समाचार पोर्टलमा प्रकाशित सामग्रीले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै श्रेष्ठले अदालत गुहारेका थिए । उनले समाचार हटाउन अन्तरिम आदेश गरेकोमा अदालतले अल्पकालीन आदेश गरेको छ ।

    निवेदकको माग बमोजिम अन्तरिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारण समेत राखी १५ दिन भित्र लिखित जवाफ पेश गर्न पनि भनिएको छ । उक्त अल्पकालीन आदेशको निरन्तरता सम्बन्धी छलफलका लागि असार ४ गते छलफलको पेसी तोकिएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट