काभ्रेपलाञ्चोक । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । सोमबार बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको गृहमन्त्री लेखकले स्थलगत निरीक्षण गरेका हुन् ।
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि उनले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्ने बताए छन् ।
उनल भने, ‘भारी वर्षाबाट सिर्जित बाढी–पहिरोबाट जन–धनको ठूलो क्षति भएको छ र संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ । तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने पनि जिम्मेवारी लिने छ ।
बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता छन् । घाइते मध्ये १८ जनाको उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज भइसकेका छन् ।बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।
गृहमन्त्री लेखकले आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर आज नै बिपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुन्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया