logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • दशैं मनाउन ६३ हजारले काठमाडौं छोडे

    976Shares
    दशैं मनाउन ६३ हजारले काठमाडौं  छोडे

    काठमाडौं । दशैंका लागि उपत्यका छोड्नेको संख्या लगभग ३ लाख पुगेको पाइएको छ। असोज १४ गतेदेखि हिजो २० गते बेलुकासम्म उपत्यका विभिन्न ठाउँबाट बाहिरिनेको संख्या ३ लाख १८ हजार ६ सय ४९ पुगेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    दसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेको छ । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।

    काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम हुने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

    घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दशैं मनाउन गाउँ फर्किनेको संख्या बढ्दै गइरहेको छ। त्यसै गरी हवाई मार्गबाट बाहिरिनेको संख्या १ लाख पुगेको पाइएको छ ।

    सोमबारमात्रै नागढुंगा नाकाबाट ४२ हजार ३ सय ८५ जना बाहिरिएका थिए । त्यसै गरी ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वमा यातायात सहजताका लागि काठमाडौं उपत्यकाभित्र १ हजार ८ सय जना ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

    दसैँका लागि भन्दै अहिले यात्रु महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट