logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • झापामा खोलाले बगाएर ३ जना बेपत्ता

    895Shares
    झापामा खोलाले बगाएर ३ जना बेपत्ता

    झापा । लगातारको झरीका कारण नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो।

    नदीको पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

    यसैगरी शुक्रवार साँझ ६ बजेको समयमा कमल गाउँपालिका वडा न( १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी किस्ने खोलामा बेपत्ता भएका हुन् ।

    खोलामा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरादहको प्रहरी टोली खटिएर बेपता चौधरीको खोजी गरिएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यसै गरी  शुक्रवार साँझ कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी किस्ने खोलाले बगाउँदा बेपत्ता बन्नु भएको छ । खोलामा माछा मार्ने क्रममा उनी खोलाले बगाउँदा चौधरी बेपत्ता बनेको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय गौरादहको टोली खोजी कार्यमा संलग्न रहेको छ ।

    त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । अपराह्न करिब ४:४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो । खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीयवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट