logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो

    736Shares
    गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो

    धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्ने क्रममा नदीले बगाउँदा सोही वडाका ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमलाको ज्यान गएको हो । दुबै जनाको शव गोदावरीस्थित आर्यघाट नजिक फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी उपरीक्षक हिरासिंह महराले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार च्याउ टिप्न भनेर बिहानै घरबाट निस्केका उनीहरुलाई खोला तर्ने क्रममा खोलाको बाढीले बगाएको थियो । चुरे क्षेत्रमा भएको वर्षाले गोदावरी नदीमा बाढी आएको जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट