logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

    910Shares
    नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ ।आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराईएको छ ।

    नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो ।

    कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट