logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • धर्नाजुलुस नगर्न सबै पक्षलाई गृहमन्त्रालयको आग्रह

    1.1KShares
    धर्नाजुलुस नगर्न सबै पक्षलाई गृहमन्त्रालयको आग्रह

    काठमाडौं । सरकारले सबै पक्षलाई धर्ना जुलुस नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता व्यक्त गर्दै धर्ना र जुलुस नगर्न अपिल गरेको हो। जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ। आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्बाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ।’

    सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न अनुरोध समेत गरेको छ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ८, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट