logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • राष्ट्रपति पौडेलले टीआरसी विधेयक प्रमाणीकरण गरे

    811Shares
    राष्ट्रपति पौडेलले टीआरसी विधेयक प्रमाणीकरण गरे

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी ९टीआरसी० विधेयक प्रमाणीकरण गरेका छन् ।

    राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

    संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष उक्त विधेयक पेस भएको थियो ।

    यसअघि बुधबार सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

    उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको थियो । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक ऐनका रूपमा लागू हुनेछ । त्यसपछि दुवै आयोगका गठन भएर शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रिया अघि बढ्नेछ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १३, बिहीबार १०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार