logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • प्रतिनिधि सभाको बैठक बुधबार बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्तावमा छलफल हुने

    832Shares
    प्रतिनिधि सभाको बैठक बुधबार बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्तावमा छलफल हुने

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ ।

    मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने निर्णय गरेको हो ।

    बुधबारको बैठकमा भोटेकोशी बाढीपछि उत्पन्न विपद्का विषयमा सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । उक्त प्रस्तावमाथि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले धारणा राख्नेछन् ।

    यसअघि भदौ १० गते भोटेकोशी नदीमा बाढी आएको दिन पनि प्रतिनिधि सभाको बैठक बसेको थियो ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट