logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • गौशाला २६ पक्षको बहस सकियाे, सन्दीप पक्षको जवाफी बहस जारी

    712Shares
    गौशाला २६ पक्षको बहस सकियाे, सन्दीप पक्षको जवाफी बहस जारी

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस जारी छ ।

    हिजोबाट सुरू भएको सुनुवाइलाई आज निरन्तरता दिइएको हो । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस सकेका छन् ।

    अहिले सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् । त्यसपछि बहस टुंगिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ । खाजा समय १:३० देखि २:३० मा इजालस ब्रेक रहेको छ । २:३० पछि सन्दीपका वकिलहरूले बहस गर्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ २, बुधबार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार