काठमाडौं।नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ।शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
प्रस्तावअनुसार आजदेखि तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।कार्यवाहक सभापति खड्काकाअनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रस्ताव पारित भएको छ।
दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए।साथै उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया