काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई आज आइतबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीले जानकारी दिए ।
इ–सिगरेटमार्फत सुन तस्करी प्रकरणमा महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पक्राउ गरेको हो ।महरालाई प्रहरीले संगठित अपराध कसुरसमेत अभियोग लगाएको छ।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ। उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ।
ब्यूरोले केहि दिन अघि महरासँग बयान समेत लिएको थियो । यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया