logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किँदा काठमाण्डौमा सुरक्षा व्यवस्था कडा बनाइयाे

    970Shares
    पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किँदा काठमाण्डौमा सुरक्षा व्यवस्था कडा बनाइयाे

    काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाण्डौ फर्किन लाग्दा काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेषगरी त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्मको सडकमा सुरक्षा कडाइ गरिएको छ ।

    काठमाण्डौका विभिन्न सडकमा पूर्व राजाका समर्थक जम्मा भएका छन् । उनीहरुले पूर्वराजा शाहलाई विमानस्थलमा स्वागतसहित निर्मल निवाससम्म पुर्‍याउने तयारी गरेका छन् । त्रिभुवन विमानस्थलमा पूर्वराजा आईपुग्नुअगावै विमानस्थल गेटमा कडाइ गर्न थालिएको थियो । विशेषगरी अहिले तीनकुने, गौशालालगायतका क्षेत्रमा जुलुस निकालिएको छ ।

    पूर्वराजाको स्वागतमा भीड जम्मा भएपछि आज काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ । कुनै किसिमको हुलहुज्जत हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट