काठमाडौं। उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ६ दिने औपचारिक भ्रमणमा प्रस्थान गरेकी छन्।मंगलबार राति उनी चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने पनि छन्।चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने सांघाइ कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेकी हुन्।
सो कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।भ्रमण क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम भएको बताइएको छ ।
उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया