कास्की प्रहरीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाइएको हो ।
कास्की । सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएपछि अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले आज (सोमबार) सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कार्तिक २ मा पक्राउ परेका थिए । कास्की प्रहरीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाइएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd