logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • काठमाडौँ आइपुगे चीनका लागि भारतीय राजदूत रावत

    883Shares
    काठमाडौँ आइपुगे चीनका लागि भारतीय राजदूत रावत

    काठमाडौं । चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावत काठमाडौं आइपुगेका छन् । सिचुआन एयरलाइन्सको 3U-3901 उडानद्वारा राजदूत रावत बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले नेपाल भ्रमणमा रहेका बेला उनको काठमाडौँ आगमनलाई अर्थपूर्ण मानिएको छ ।

    रावत बेइजिङ मामिलाका जानकार भारतीय कूटनीतिज्ञका रुपमा परिचित छन् ।  २०७८ सालमा चीनको राजदूत नियुक्त भएका उनी त्यसअघि नेदरल्याण्डका लागि भारतका राजदूत थिए ।
    परराष्ट्रमन्त्रालय स्रोतले भने रावतको नेपाल भ्रमण विशुद्ध व्यक्तिगत घुमघामको उद्देश्यले भएको बताएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट