logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्छ : मन्त्री सिंह

    937Shares
    योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्छ : मन्त्री सिंह

    काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि फाइदा हुने खालका योजनाका बजेट छनोट गर्नुपर्ने बताएका छन् । बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले योजना सम्पन्न गर्न धेरै रकम चाहिने तर सिमित स्रोत साधनले काम गर्दा ढिलो हुने भन्दै योजना छनोट गर्नुपर्ने बताएका हुन् । उनले भने जुनसुकै योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्ने र त्यसमा आवश्यक बजेट छुट्टाउन सके समयमा नै काम सम्पन्न हुनसक्ने धारणा राखेका छन् । सिंहले बागमती लगायतका उपत्यकाका नदीहरू सफाइका लागि नयाँ रणनीति बनाइरहेको जानकारी गराए ।

    ‘उपत्यकाको नदिहरुको अवस्था एकदमै नाजुक छ। त्यसलाई सुधार्न धेरै कामहरु गर्नुपर्ने छ। ढलहरु नदिमा खन्याउने गरेको छ त्यसलाई रोक्न के गर्नुपर्छ भन्ने कुरा भनेर मैले सरकारलाई प्रश्न पनि गरे सरकारले यत्रो अरबौ रुपैयाँ लगानी गरिसक्यो अवस्था त्यही छ के गर्नुभएको हो। इन्जिनियरहरुले चै डिजाइन गरेको असफल भएको हो की इन्जिनियरहरु विदेशी विश्वविद्यालयबाट डिग्री लिएर आएका छन्। तर डिजाइनमा चै समस्या भएको कारणले यस्तो अवस्था भइरहेको छ यसलाई सच्याउन तर्फ हामी गइरहेका छौ। नदी सफा राख्नलाई बढि जोड दिइरहेका छौ,’ उनले भने।बैठकमा शहरी विकास मन्त्रालयबाट भइरहेका कामकारवाहीका बिषयमा छलफल गरिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट