काठमाडौं । सार्वजनिक स्थलमा क्षति गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तिराउने भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतका निम्ति आइतबार आयोजित कार्यक्रम क्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया