logo

२०८३ श्रावण २० बुधबार

logo
  • २०८३ श्रावण २० बुधबार
  • राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको: अर्थमन्त्री पौडेल

    991Shares
    राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको:  अर्थमन्त्री  पौडेल

    काठमाण्डाै | उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको बताउनुभएको छ ।

    भन्सार दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने उद्देश्यले अध्यादेश ल्याएको बताउनुभयो । निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको भन्दै उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आउँदा दिनमा अझ धेरै काम गर्दै जाने उल्लेख गर्नुभयाे ।साथै उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके  राजश्वको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उनले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समिक्षा गर्ने विन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सहि ढंगले काममा लाग्नको लगि भन्सार विभागका सबै कर्मचारिहरुलाई आग्रह गरेका छन्  ।

    ‘अहिलेको सरकार सरकारहरूको सूचीमा एक थान सरकार मात्र होइन, यो सरकार विशेष परिस्थितिमा बनेको छ, विशेष अभिभारा पुरा गर्न बनेको छ’, उनको भनाइ रहेको छ । अर्थतन्त्र विकासका लागि सरकारले अनेक कदम चाल्ने उनले बताए। देशमा भएको निराशा र शिथिलताबाट मुलुकलाई बाहिर निकाल्नै पर्ने उनले बताए ।पौडेलले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट