logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • शान्ति, सुरक्षाका लागि पहल गरिदिन भन्दै कवाड व्यवसायीले बुझाए जसपा अध्यक्ष यादवलाई ज्ञापनपत्र

    901Shares
    शान्ति, सुरक्षाका लागि पहल गरिदिन भन्दै कवाड व्यवसायीले बुझाए जसपा अध्यक्ष यादवलाई ज्ञापनपत्र

    काठमाडौं ।कवाड व्यवसायी समाज नेपालले शान्तिपुर्ण रुपमा आफ्नो पेशव्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आज ज्ञापनपत्र बुझाउदै उनीहरुले आफूहरुमाथि भईरहेको धरपकड, तोडफोड अन्त्य गर्नका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

    कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले जसपा अध्यक्ष यादवलाई ज्ञपनपत्र बुझाएको हो । उनीहरुले आफूहरुलाई पेशाव्यवसायबाट धपाउन खोजिएको बताउदै सरकारको तर्फबाट शान्ति, सुरक्षाको व्यवस्था गराउनमा पहल गरिदिन आग्रह गरेका छन् ।

    कवाड व्यवसायीहरुसंग जसपा अध्यक्ष यादवले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले सरकारसंग समन्वय गरेर शान्ति, सुरक्षाका लागि पहल गर्ने र कवाड व्यवसायीको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् ।

    ‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ कवाड व्यवसाय समाजले यादवलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    काठमाडौं महानगरपालिकाले कानून विपरित आफूहरुलाई दुख दिने, तोडफोड गर्ने र व्यवसायबाट धपाउँन खोजेको अध्यक्ष गुप्ताले जनाएका छन् । यस अघि समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई समेत एक ज्ञापनपत्र बुझाउदै शान्ति, सुरक्षाको माग गरेको थियो ।

    काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

    समितिका अध्यक्ष गुप्ताको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कवाड व्यवसायीका नेताहरु गोपाल जयसवाल, रविशंकर प्रसाद, नारायण गुप्ता, बिजय गुप्ता, श्याम यादव लगायतको सहभागिता रहेको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट