logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • भिम रावलले नयाँ पार्टी बनाउने चर्चा

    895Shares
    भिम रावलले नयाँ पार्टी बनाउने चर्चा

    काठमाडौं ।नेकपा (एमाले) बाट निष्कासित भएका भीम रावलले नयाँ पार्टी घोषणाको तयारी गरेका छन्।

    त्यसका जानकारी दिन रावलले आगामी बुधबार पत्रकार सम्मेलन गर्न लागेको उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए।

    ‘पुस १७ गते पार्टी नै घोषणा त हुँदैन। उहाँले आफ्ना नीति, विचार र राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक गर्नुहुनेछ,’ उनले भने।विचार मिल्नेहरूसँग अन्तरक्रिया गर्ने र त्यसपछि पार्टी घोषणा गर्ने तयारी रहेको कुँवरले जानकारी दिए ।
    पुस १७ गते कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर आफ्ना दृष्टिकोण सार्वजनिक गर्ने तयारी रहेको पनि उनले बताए।



    फास्ट न्युज    
  • २०८१ पुष १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट