logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • अखिल क्रान्तिकारीमा उमेरहदको विवाद सुल्झाउन आज मतदान गरिँदै

    988Shares
    अखिल क्रान्तिकारीमा उमेरहदको विवाद सुल्झाउन आज मतदान गरिँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले उमेर हद बारेको विवाद मतदानबाट टुङ्गो लगाउने भएको छ । आज मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरु गर्ने तयारी रहेको क्रान्तिकारीका नेताहरूले बताएका छन् ।

    अखिल (क्रान्तिकारी)ले उमेर हदको विवाद टुङ्गो लगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ । बिहीबारदेखि सुरु भएको महाधिवेशनमा उमेर हद लागू गर्नुपर्ने आवाज उठेपछि माओवादी केन्द्रले हलबाटै उमेर हदको विवाद टुङ्ग्याउन निर्देशन दिएको थियो ।

    सोमबार मतदानको प्रक्रिया सुरु गर्ने भनिए पनि निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले हंगामा गरेर कुर्सी हानाहान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो । अखिल (क्रान्तिकारी)मा नेताहरूको उमेर हद २८, ३० वा ३२ वर्ष राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरूको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ ।

    अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् । यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल (क्रान्तिकारी)ले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट