काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १८ मंसिरमा भेटवार्ता हुने भएको छ। बेइजिङ पुगेको भोलिपल्टै चिनियाँ राष्ट्रपतिलगायत अन्य उच्च चिनियाँ अधिकारीहरूसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने भएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, १७ मंसिरमा चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कनेछन्। यसअघि चीनले १७–२१ मंसिरका लागि भ्रमण मिति प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७–२० मंसिरसम्म भ्रमण हुने टुंगो लागेको हो।
भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार (भोलि) चीन प्रस्थान गर्ने कार्यक्रम छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया