logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • १ करोड ६० लाख कारोबारसंगै तेश्रो हर्टीकल्चर एक्स्पो सम्पन्न ।

    850Shares
    १ करोड ६० लाख कारोबारसंगै तेश्रो हर्टीकल्चर  एक्स्पो सम्पन्न ।

    काठमाडौँ । पांच  दिनसम्म काठमाडौको भृकुटीमण्डपमा जारी चलेको नेशनल हर्टीकल्चर एक्स्पो २०८२ १ करोड २५ लाखको कारोबारसगै सम्पन्न भएको छ । नर्सरी व्यवसायी सघ नेपालले आयोजना गरेको तेश्रो नेशनल हर्टीकल्चर २०८२ चैत्र १९ बिहिवार देखि २३ गते शुक्रबारसम्म चलेको थियो । नर्सरी व्यवसायी सघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा एक्स्पो संयोजक रबिन कुमार गौतमले तेस्रो हर्टीकल्चर एक्स्पोमा १ करोड ६० लाख बढीको कारोबार भएको जानकारी गराउनु भयो ।

    गौतमका अनुसार पाच दिने एक्स्पोमा ५२ हजार बढीले एक्स्पो अवलोकन गरेका थिए । समापन कार्यक्रममा बोल्दै रास्वपा महामन्त्री तथा सासद कबिन्द्र बुर्लाकोटीले शहरीकरण हुँदै गर्दा नर्सरी बिधा महत्त्वपूर्ण हुने बताउनुभयो । नेता बुर्लाकोटीले नर्सरी बिधाले रोजगारी सृजना गर्ने बताउदै सरकारले चाहेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले नर्सरी बिधामा विविध समस्या रहेकाले नया सरकारले सम्बोधन गर्नेमा आशावादी रहेको बताउनु भयो ।

    नर्सरी क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बृहत् प्रदर्शने र नर्सरी व्यवसायलाई व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित एक्स्पोको निरन्तरता रहेको तिमिल्सिनाको भनाई छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रदर्शनीमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहेको थियो । पुस्प ,फलफूल ,कृषिबन, जडिबुटीका सयौ भेराईटीका साथै निशुल्क परामर्श समेत दिइएकोले अवलोकनकर्ताहरुको उल्लेख्य वृद्धि भएको सघको भनाई छ ।

    एक्स्पोमा ६५ ओटा स्टलहरुमा विभिन्न प्रजातीका नर्सरी जडिबुटी फुल बिरुवाहरु प्रदर्शन गरिएको थियो



    फास्ट न्युज    
  • २०८२ चैत्र २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट